विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु


ग्लोब नेपाल
54
Shares

न्युयोर्क । विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको २४ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो । 

कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । गत वर्ष लण्डनमा भएको विश्व म्याराथन २ घण्टा २५ मिनेटमा पूरा गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए ।

राजकुमार केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हाकिजिमाना टोयोटा कारमा कतै जाँदै थिए। त्यतिबेला केल्भिनले किप्टमको कार चलाइरहेका थिए। जहाँ अचानक उनले कारको नियन्त्रण गुमाए र कार सिधै सडकबाट झरेर रुखमा ठोक्किन पुगेको थियो । जसका कारण दुबै जनाको घटनास्थलमै ज्यान गएको हो ।

केल्भिन किप्टम र गेर्भाइस हकिजिमाना बाहेक त्यस समयमा कारमा सवार महिला यात्रु शेरोन कोसगेई पनि भयानक दुर्घटनाबाट बाँचेकी छिन तर गम्भीर घाइते भएका कारणा हाल उनी अस्पतालमा भर्ना भएकी छिन् ।

शिकागोमा भएको विश्व म्याराथनमा केल्भिन किप्टमले नयाँ विश्व किर्तिमान बनाएका थिए । उनले २ घण्टा २५ म्याराथन पूरा गरेर सो विश्व कीर्तिमान बनाएका हुन् । इतिहासमा पहिलो पटक धावकले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गरेको हो ।