नेपाल-चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न

नेपाल-चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न



काठमाडौं । बीवाईडीले प्रायोजन गरेको नेपाल-चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ ।

शनिबारदेखि दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर २३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५-१ गोल अन्तरले हराउँदै विजयी भएको छ ।

चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयुक्त रुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो ।

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्यूजिक ब्याण्ड कुटम्बले बिभिन्न गीत प्रस्तुत गरेको थियो । साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्याधिक मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा चीनका राजदुत चेन सङ र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए । कार्यक्रम भव्य रुपमा सफल भएको साइमेक्स इंक प्रालिले जनाएको छ ।