माओवादीकाे विधान अधिवेशन, २० समूहमा छलफल

माओवादीकाे विधान अधिवेशन, २० समूहमा छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन् । 

पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

टोली नेताहरू :

समूह १ : अञ्जना विशंखे

समूह २ : अमृता थापा

समूह ३ : ओनसरी घर्ती

समूह ४ : कमला रोका

समूह ५ : काली बहादुर मल्ल

समूह ६ : कुल प्रसाद केसी

समूह ७ : खगराज भट्ट

समूह ८ : गणेश मान पुन

समूह ९ : जयपुरी घर्ती

समूह १० : जोखबहादुर महरा

समूह ११ : नारायणप्रसाद दाहाल

समूह १२ : परशुराम तामाङ

समूह १३ : पूर्णकुमारी सुवेदी

समूह १४ : प्रह्लाद बुढाथोकी

समूह १५ : महेश्वरजंग गहतराज

समूह १६ : विश्वनाथ साह

समूह १७ : यशोदा सुवेदी

समूह १८ : शशी श्रेष्ठ

समूह १९ : सत्य पहाडी

समूह २० : हकिकुल्ला खाँ