एमाले सचिवालय बैठक बिहीबार

एमाले सचिवालय बैठक बिहीबार



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक बिहीबार अपराह्न ३ बजे पार्टी कार्यालयमा बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

उनकाअनुसार सचिवालय बैठकको प्रस्ताव तयार पार्न अहिले केन्द्रीय कार्यालयको बैठक बस्दैछ ।

महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गर्ने सम्भावना रहेको उनले बताए । कार्यालय बैठकले सचिवालय बैठकको कार्यसूची पनि तय गर्नेछ ।

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी पनि गरेको छ ।