काठमाडौं । विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा बिहीबार मात्र फैसला सुनाउने भएको छ । बुधबार नै फैसला सुनाउने तयारी गरे पनि अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा सुनुवाइ भने मंगलबार नै सकिएको हाे ।


प्रतिक्रिया