विधान अधिवेशन : माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

विधान अधिवेशन : माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने



काठमाडाैं । नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।

आवश्यकता अनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिने उनको भनाइ रहेको एक नेताले बताए ।

त्यसैगरी, माओवादी केन्द्रले निर्वाचनबाटै केन्द्रीय सदस्यहरु चुन्ने भएको छ । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी र कमिटीको निर्वाचनबाट पदाधिकारी चुन्ने बताएका हुन् ।

१९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय पनि गरेको छ । माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

केन्द्रीय समितिको एक तिहाई स्थायी समिति हुनेछ भने ११ जनाको कार्यालय बनाउने प्रचण्डले बताएका छन् ।