काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि दलकाे बहुमत आउन नसक्ने निर्वाचन प्रणाली फेर्न कांग्रेसले पहल गर्नुपर्ने बताएका छन् ।
महासमिति बैठकका लागि बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले कुनै पनि तहका निर्वाचनमा कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताए ।
‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसंग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन’, काेइरालाले भने, ‘तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्नुपर्छ ।’
कोइरालाले महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् ।
विधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड रहेको बताउँदै कोइरालाले विधानमा धेरै त्रुटिहरु रहेको पार्टी बैठकमा बताए । ‘जसले गर्दा सांगठनिक गतिबिधिमा बाधा आइरहेको छ । यो महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी छ,’ कोइरालाले भने ।
कोइरालाले केन्द्रीय समिति बैठकमा पेश भएका प्रतिवेदनहरु पार्टीको मौलिकता अनुसारको नभएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिवेदन माथिको छलफलमा बोल्ने क्रममा नेता शेखरले प्रतिवेदनहरु गठबन्धनको छायाँ जस्तो देखिएको बताए ।
नेता काेइरालाले बैठकमा राखेकाे धारणा :




प्रतिक्रिया