काठमाडौं आइपुगे देशभरका लघुवित्त पीडित

काठमाडौं आइपुगे देशभरका लघुवित्त पीडित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आज देशभरबाट करिब तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् । उनीहरू आउने क्रम जारी रहेको संघर्ष समितिले जनाएको छ । करिब छ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुग्लिन हुँदै काठमाडौं आइपुगेका हुन् ।

सरकारले समिति बनाएर पनि केही काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको एक पीडितले बताए । मुग्लिनबाट हिँडेका उनीहरू छ दिनमा शनिबार साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए ।

आज उनीहरू थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने समितिले जनाएको छ ।