पश्चिममा आज र पूर्वी भेगमा पर्सी पानी पर्ने सम्भावना

पश्चिममा आज र पूर्वी भेगमा पर्सी पानी पर्ने सम्भावना


ग्लोब नेपाल
108
Shares

काठमाडौं । मुलुकका केही स्थानहरूमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी गण्डकी पश्चिमका जिल्लाहरुमा पानी पर्ने सम्भावना छ ।

गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । साथै देशका पहाडी भू-भागका केही स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि देशभर बदली रहने छ ।

भोलि मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । पर्सि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।