एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड जाने

एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड जाने



काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) युवा फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड जान सहमत भएका छन् । फ्रान्सका २५ वर्षीय कप्तान एमबाप्पे र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ ।

बीबीसीले खुलाएअनुसार एमबाप्पे र रियालबीच आधिकारिक सम्झौता भने भइसकेको छैन । फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जित्दाका महत्त्वपूर्ण सदस्य एमबाप्पेले पीएसजीका लागि कीर्तिमानी २४४ गोल गरेका छन् । पछिल्लो केही सिजनयता रियाल मड्रिडले एमबाप्पेसँग सम्झौताका लागि चर्को प्रयास गर्दै आएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एमबाप्पेले रियाल मड्रिडसँग पाँच वर्षको सम्झौता गर्ने छन् । उनको पारिश्रमिक प्रतिसिजन १५ मिलियन युरो र सम्झौतावापत १५० मिलियन युरो बोनस पाउने छन् ।