लिग-२ : टस हारेर नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

लिग-२ : टस हारेर नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल


ग्लोब नेपाल
189
Shares

काठमाडौं । टस हारेर नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दैछ । त्रिभुवन विश्वबिधालय, कीर्तिपुर खेल मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदैँछ । लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् ।

लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।  

नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिकाः
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः नेपालविरुद्ध नेदरल्यान्ड्स