मोदीले गरे यामीकाे फिल्म ‘आर्टिकल ३७०’ को तारिफ

मोदीले गरे यामीकाे फिल्म ‘आर्टिकल ३७०’ को तारिफ


ग्लोब नेपाल
54
Shares

मुम्बइ । बलिउड अभिनेत्री यामी गौतम यतिबेला आफ्नो आगामी फिल्म ‘आर्टिकल ३७०’ लाई लिएर चर्चामा छिन् । नायिकाको यो फिल्मलाई लिएर आम मानिसले मात्र होइन, ठूला व्यक्तित्वहरुले पनि चर्चा परिचर्चा गरिरहेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो फिल्मको उल्लेख गरेका छन् । हो, वास्तवमा अहिले प्रधानमन्त्री मोदी जम्मूमा छन्। प्रधानमन्त्री मोदी चुनावी प्रचारका लागि यहाँ पुगेका हुन् । यसै क्रममा उनले आफ्नो चुनावी भाषणमा यामी गौतमको आगामी फिल्मको उल्लेख गरेका हुन् ।  यस क्रममा उनले फिल्मको बारेमा कुरा गर्दै धेरै महत्त्वपूर्ण कुरा भनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस क्रममा पीएम मोदीले जम्मू कश्मीरबाट धारा ३७० हटाउने आफ्नो निर्णयको बारेमा कुरा गरे र यसको प्रशंसा पनि गरेका थिए, सोही क्रममा मोदीले पनि सो फिल्मको उल्लेख गरेका हुन । उनले अब धारा ३७० मा आधारित भएर ‘आर्टिकल ३७०’ चलचित्र आउन लागेको बताए । ‘फिल्म कस्तो छ ? मलाई थाहा छैन। हिजो मात्र मैले टिभीमा फिल्मको बारेमा हेरेँ। अब तपाई संसारभरि जयजयकार हुनुहुनेछ। जनताले सही जानकारी पाउनु राम्रो हो ।’

निर्माण पक्षले फिल्मको बारेमा ठूलो घोषणा पनि गरेको छ । यस्तो अवस्थामा निर्माण पक्षले यो फिल्मको टिकटको मूल्य निकै घटाउने निर्णय गरेको हो । फिल्म हेर्नको लागि ९९ रुपैयाँ मात्र खर्च गर्नु पर्नेछ । निर्माताहरूले टिकटको प्राइम घटाएर ट्रम्प कार्ड खोलेका हुन । यस्तो अवस्थामा कम मूल्यमा यो फिल्म धेरै भन्दा धेरै दर्शकले हेर्न सक्ने छन् ।

यामी गौतमको यो फिल्म २३ फेब्रुअरीमा हलमा रिलिज हुँदैछ । हालै यो फिल्मको टिजर र ट्रेलर पनि सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । फिल्ममा यामीको चरित्र र लुकको पनि निकै तारिफ भइरहेको छ । यसबाहेक फिल्ममा यामीसँगै रामायणमा रामको भूमिका निभाएका अरुण गोविल पनि देखिने छन् । यो चलचित्रमा अरुण गोविल प्रधानमन्त्रीको भूमिकामा छन् ।

चलचित्रलाई यामी गौतमका पति तथा निर्देशक आदित्य धरले निर्देशन गर्दैछन् ।