राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र

राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर मागपत्र बुझाएको हो ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग बुझाएका छन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राप्रपाले गरेको संघर्षको कार्यक्रम शान्तिपूर्ण गर्न अनुरोध समेत गरेका छन् । त्यस्तै सरकारले शान्ति प्रक्रिया टुंग्याउन पहल गरिरहेको भन्दै त्यसमा सकारात्मक सहयोगको अपेक्षा राखेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।

यस्तै राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको छ । विरोध सभाअगाडि भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म र्‍याली गरेको हो ।

प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो ।