पृथ्वीमा खस्दै छ ‘बाजे भूउपग्रह’

पृथ्वीमा खस्दै छ ‘बाजे भूउपग्रह’


ग्लोब नेपाल
297
Shares

युरोपको एउटा पुरानो भूउपग्रह पृथ्वीमा खस्ने बताइएको छ । आगामी केही घण्टाभित्रै अर्थ रिमोट सेन्सिङ (ईआरएस) भूउपग्रह खस्ने बताइएको छ । यो सेटलाइटलाई सन् १९९५ मा लन्च गरिएको थियो । त्यति बेला यो कटिङ–एज भूउपग्रह थियो । यसलाई बाजे भूउपग्रह पनि भनेर चिनिने गरिन्छ ।

सन् २०११ मा सञ्चालन बन्द भएयता यो भूउपग्रह बिस्तारै बिस्तारै पृथ्वीतिर खसिरहेको पनि बताइएको छ । बुधवार कुनै बेला यो पृथ्वीको वायुमण्डलभित्र छिर्ने युरोपेली अन्तरिक्ष एजेन्सी (ईसा)ले जानकारी दिएको छ ।

यो भूउपग्रह साढे २ टनको छ । यसको अधिकांश हिस्सा जल्ने इसाले जनाएको छ । तर यसको केही हिस्सा बाँकी रहने सम्भावना भएको बताइएको छ । तर यसको टुक्राटाक्री मानव बस्ती भएको क्षेत्रमा खसेर क्षति गराउने सम्भावना भने न्यून रहेको बताइएको छ ।

भूउपग्रह समुद्रमा खस्ने अनुमान इसाको रहेको छ । पृथ्वीको वायुमण्डल वा सतहमा पुनः प्रवेश गर्ने तत्त्वहरू रेडियोएक्टिभ वा विषाक्त हुन सक्ने इसाको अर्थ अब्जर्भेशन ग्राउन्ड सेगमेन्ट डिपार्टमेन्टका मिर्को अल्बानीले भने ।

सन् १९९० को दशकमा ईसाले लगभग उस्तै खालका दुई ओटा ईआरएस लन्च गरेको थियो । यी दुवै आफ्नो समयका सबैभन्दा परिष्कृत भूउपग्रहहरू रहेका थिए ।