काठमाडौं । क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ टीमले १८२ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको हो ।
नेपालका अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।
अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९/१९ रनमा आउट भए ।
क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २-२ विकेट लिएका छन् ।
प्रतिक्रिया