काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भएपछि कांग्रेस सचेतक सुशीला थिङले नियमापत्ति गरेकी छिन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले बोल्ने क्रममा प्रधानमन्त्रीले फटाहा बोल्ने गुण बोकेको बताएपछि थिङले नियमापत्ति गरेकी हुन् ।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।
सचेतक थिङले गरेको नियमापत्तिले सिंगो हलको ध्यानाकर्षण भएको बताउँदै सभामुख देवराज घिमिरेले नेकपा समाजवादीका सांसद मेटमणी चौधरीलाई बोल्न समय दिए ।


प्रतिक्रिया