प्रसूति गृहबाट शिशु चोर्ने महिलालाई उच्च रक्तश्राब, प्रसूति गृहमै भर्ना

प्रसूति गृहबाट शिशु चोर्ने महिलालाई उच्च रक्तश्राब, प्रसूति गृहमै भर्ना


ग्लोब नेपाल
540
Shares

काठमाडौं । थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेखकी २६ वर्षीया मानकुमारी सिंहलाई अस्पताल भर्ना गरिएको छ ।

अत्याधिक रक्तश्राब भएपछि सिंहलाई शनिबार बिहान थापाथली प्रसूति गृहमै भर्ना गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।

काँडाधारीस्थित डेराबाट पक्राउ गरी उनलाई राति सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो । उनले शुक्रबार काभ्रेकी एक महिलाको २६ दिनको शिशु चोरेकी थिइन् ।