निष्ठा र समर्पण भावका साथ काम गर्न सेनालाई निर्देशन

निष्ठा र समर्पण भावका साथ काम गर्न सेनालाई निर्देशन


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरुको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिलगायत सबै पक्ष बलियो हुने बताएका छन्।

राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय, नवलपरासीमा आज आयोजित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रधान सेनापतिले राष्ट्र, राष्ट्रियता र भाषाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए।

प्रधान सेनापतिले राष्ट्रिय सेवा दलका क्याडेटहरूले आफ्नो तालिमको दौरान हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले भविष्यमा आउनसक्ने प्रतिकूल परिस्थितिलाई सहजरुपमा सामना गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।

विसं २०२२ मा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी ७३ हजार दुई सय ७३ जनाले राष्ट्रिय सेवा दल तालिम लिएका छन्।