काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो ।
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए । आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।
दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।
नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन-तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।
विश्वकप लिग-२ को आफ्नो पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो । जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो ।
प्रतिक्रिया