एसीसी प्रिमियर कप क्रिकेटकाे खेल तालिका सार्वजनिक

एसीसी प्रिमियर कप क्रिकेटकाे खेल तालिका सार्वजनिक



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार नेपालमा हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो ।

१० टिम रहेको प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा एकदिवसीय मान्यताप्राप्त ओमानसँगै कतार, मलेसिया र साउदी अरब रहेका छन् । समूह ‘बी’ यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । खेल टीयू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल मलेसियासँग वैशाख ५ मा मलेसियासँग खेल्नेछ । यो खेल टीयू क्रिकेट मैदानमा हुनेछ । यही दिन हङकङ र सिंगापुरले मुलपानी क्रिकेट मैदामा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ र ‘बी’ का शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल वैशाख १६ गते शनिबार हुनेछ । तेस्रो स्थानका लागि १७ गते हुनेछ । फाइनल खेल वैशाख १८ गते सोमबार हुनेछ ।

एसीसी प्रिमियर लिगको विजेताले एसिया कप २०२३ खेल्न पाउनेछ ।