लिभरपुलले जित्यो इएफएलको उपाधि

लिभरपुलले जित्यो इएफएलको उपाधि


ग्लोब नेपाल
405
Shares

लन्डन । लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।

लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ । इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन् ।