विवादित मन्त्री र सांसदलाई घर पठाउन गगन थापाको माग

विवादित मन्त्री र सांसदलाई घर पठाउन गगन थापाको माग



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका हुन् । उनले ‘आसनको दायाँ बसेको’ भनी हेर्न नहुने टिप्पणी गरे ।

“आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ,” उनले भने, “सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ ।”

उनले अगाडि भने, ‘अनि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके के होला ? निर्दाेष भएर फर्किएर आउनुहोला फूल माला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड ब्यहोर्नुहोला ।’

केही दिनयता संसद् बैठकमा एकार्कालाई दागी देखाउने काम भएकाले मूल विषय छायामा परेको उनको भनाइ छ ।