काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरिएकाे छ । आज बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।
सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुतौतीपूर्ण अझै रहेको बताए ।


प्रतिक्रिया