एमालेलाई समाजवादी मोर्चामा ल्याउन संवाद गरिने

एमालेलाई समाजवादी मोर्चामा ल्याउन संवाद गरिने



काठमाडौं । चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि ल्याउन संवाद गरिने भएकाे छ । शनिबार बसेको मोर्चाको बैठकले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको थियो ।

नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले मोर्चामा एमालेलाई पनि ल्याउन अनौपचारिक छलफल सुरु भएको बताए । सबैसँग छलफल सुरु गर्ने र मोर्चालाई बृहत बनाउने नीति रहेकाे उनले बताए ।

नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोर्चामा आवद्ध छन् । मोर्चाको नेतृत्व अहिले नेकपाका महासचिव विप्लवले सम्हालेका छन् ।