छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउ

छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउ


ग्लोब नेपाल
513
Shares

काठमाडौं । प्रहरीले बझाङमा छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका–७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिएका छन ।

कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन । आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको बताइए पनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको जानकारी दिएको छ ।

मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।