उपनिर्वाचनका लागि चैत २४ गते उमेदवारी दर्ता गरिने

उपनिर्वाचनका लागि चैत २४ गते उमेदवारी दर्ता गरिने



काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आउँदो वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको हो ।

कार्यतालिका अनुसार, यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।