गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन


ग्लोब नेपाल
567
Shares

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल उनको निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिएका छन् ।

आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि बिमारी रहेको पारिवारीक सदस्यले जानकारी दिएका छन । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान रहेको छ ।

आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय रहेका छन । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सावकोटाले जानकारी दिएका छन ।