महिलाको अश्लील तस्बिर खिचेको आरोपमा पक्राउ परेका डिएसपी रिहा

महिलाको अश्लील तस्बिर खिचेको आरोपमा पक्राउ परेका डिएसपी रिहा


ग्लोब नेपाल
972
Shares

काठमाडौं । महिलाको अश्लील तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा छाड्न सोमबार आदेश दिएको हो । स्वयम्भूको एक रेष्टुरेण्टमा शौचालय गएका बेला मोबाइलबाट महिलाको नग्न तस्बिर खिचेको आरोपमा डिएसपी केसी केही दिनअघि पक्राउ परेका थिए ।

प्रहरी वृत्त स्वयम्भूकी प्रमुख डिएसपी पूर्णिमा चन्दले केसी २५ हजार धरौटी बुझाएर हिरासतमुक्त भएको जानकारी दिइन् । केसीविरुद्ध मुलुकी अपराध संहिता– २०७४ को अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।