तत्कालीन सेञ्चुरी बैंकका सीईओद्वय न्यौपाने र गौतम पक्राउ

तत्कालीन सेञ्चुरी बैंकका सीईओद्वय न्यौपाने र गौतम पक्राउ



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हालप्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ ।

उनीसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेका छन् ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपाने र गौतमसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा न्यौपाने र गौतमसहित सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए । प्रहरीले ऋण प्रवाह अनियमितता आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जनाएको छ ।