टेरामक्स मुद्दा छिट्टै विशेष अदालत लाने अख्तियारको तयारी

टेरामक्स मुद्दा छिट्टै विशेष अदालत लाने अख्तियारको तयारी


ग्लोब नेपाल
54
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्ससम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।

आज (मंगलबार) प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणमा छिटै टुंगोमा पुग्ने जानकारी दिएका छन ।

यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले समितिलाई जानकारी दिएका छन् । राईका अनुसार, सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि आयोगले अनुसन्धान गरिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेपछि यो योजनामा अनियमितता भएको भन्दै संसदीय समितिले समेत सिफारिस गरेपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो ।