इलाम–२ मा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईं !

इलाम–२ मा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईं !


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आगामी १५ वैशाखमा इलाम–२ सहित देशका विभिन्न स्थानमा उपनिर्वाचन हुदैछ । यस क्षेत्रबाट निर्वाचित सांसद एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २६ भदैमा हृदयघातको कारण निधन भएपछि यस क्षेत प्रतिनिधि विहीन बनेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ ।

उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा सुरु भएको छ । यस क्षेत्रमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रमेश प्रसाईंको चर्चा पार्टी भित्र सुरु भएको रास्वपाका एक नेताले जानकारी दिएका छन । यसअघि रास्वपाले बैंकर अनिल केशरी, पत्रकार मिलन लिम्बू लगायतलाई उठाउने चर्चा रहेको थियो । यस क्षेत्रबाट प्रसाईंको नाम चर्चामा रहेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बुर्लाकोटीलाई रास्वपाले इलाम–२ को उपनिर्वाचनका लागि कमाण्डर तोकेर पठाएको छ ।

उनले भने, ‘रमेश प्रसाईंलाई उठाउनु पर्छ भन्ने ठुलै जमात छ । उहाँ झापा बस्ने भएको कारण इलामसँगको सम्बन्ध पनि राम्रो छ । पार्टीभित्रका साथीहरुको सुझाव पनि छ । तर, पार्टीले रमेश प्रसाईंलाई उठाउने भन्ने कुनै मनस्थिति बनाएको छैन । सम्भवतः उपनिर्वाचनमा उहाँ उठ्नुहुन्न, ‘रमेश प्रसाईं हुँदा इलाममा चुनाव जितिन्छ भन्ने इलाममै साथीहरूको पनि कुरा छ ।’