राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय

राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उमेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।

त्यस्तै, उनले कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय यसअघि नै गरिएको उनले बताए ।

गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन बिषय भएको उनको भनाइ छ । बैठकले चैत्र १ गते गर्ने भनिएको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।