निषेधित क्षेत्र तोड्न् माइतीघर पुगेका राजेन्द्र महतोमाथि प्रहरीको लछारपछार

निषेधित क्षेत्र तोड्न् माइतीघर पुगेका राजेन्द्र महतोमाथि प्रहरीको लछारपछार



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार पारेको छ ।

महतोसहितका नेताहरू बुधबार काठमाडौंस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न पुगेका थिए । त्यसक्रममा प्रहरीसँग धकेलाधकेल भएको हो ।

महतो समूहको उपत्यका विशेष ब्यूरोले निषेधित क्षेत्र तोड्ने आन्दोलन आयोजना गरेको थियो ।

डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो । भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीँ रोकेको थियो ।