सभापति देउवाले छलफलका लागि बाेलाए उपसभापति र महामन्त्री

सभापति देउवाले छलफलका लागि बाेलाए उपसभापति र महामन्त्री



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् । बैठक बिहीबार अपराह्नका लागि बाेलाइएकाे हाे ।

सभापति देउवाले राष्ट्रिय सभा अध्यक्ष, केन्द्रीय समितिको बैठक आव्हान लगायतका बिषयमा छलफल गर्न नेताहरुलाई बोलाइएको बताइएकाे छ ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका नेताहरुले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको दाबी गरेका छन् ।