पुष्पा-२ काे एक फाइट सिनमा ५० करोड खर्च

पुष्पा-२ काे एक फाइट सिनमा ५० करोड खर्च


ग्लोब नेपाल
54
Shares

हैदाराबाद । अल्लु अर्जुनको पुष्पाः २ उर्फ ​​पुष्पाः द रुल बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो। जहाँ सबैले यो फिल्मको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् । यसको हरेक अपडेटमा नजिकबाट नियालिएकाे छ। 

यसैबीच निर्माण पक्षले चलचित्र ‘गंगामथल्ली जठारा’ को विशेष दृश्यको छायांकन ठूलो परिमाणमा सम्पन्न गरेको खबर आएको छ । यो एक दृश्यमा ठूलो रकम खर्च गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो एउटा गीतको सिलसिला हो जसमा झगडा र भावनात्मक तत्व पनि रहेका छन् । यो ३० मिनेट लामो सिक्वेन्स बनाउन ३५ दिन लागेको थियो र यो विशेष दृश्यका लागि निर्माताले ५० करोड रुपैयाँ खर्च गरेका छन्, जुन सामान्य फिल्म बनाउन पर्याप्त रकम हो ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ सुकुमारले लेखेका र निर्देशन गरेका हुन् । कुनै पनि प्रमोशन बिना नै यो फिल्म ब्लकबस्टर साबित भएर बक्स अफिसमा राज गर्न सफल भएको थियो । त्यो बेला २०० करोडको लागतमा बनेको फिल्मको पहिलो भागले प्रचार नगरी ३७० करोडभन्दा बढी कलेक्सन गरेको थियो । यो फिल्म सुपरहिट भयो र यसको संवाद, कथा र नृत्यको निकै प्रशंसा भयो ।

अब निर्माताहरूले यसको दोस्रो भाग ठूलो मात्रामा बनाउँदैछन् जुन ५०० करोडको लागतमा बनिरहेको जनाइएको छ । र, हाल ‘पुष्पा २’ को छायांकन अन्तिम चरणमा रहेको छ भने आगामी  १५ अगस्तमा हलमा रिलिज हुँदैछ । 

गत वर्ष अल्लु अर्जुनले पुष्पा २ को आफ्नो फर्स्ट लुक पोस्टर सेयर गरेका थिए, जसमा उनले सारी लगाएका थिए र उनको अनुहार निलो र रातो रंगमा रंगिएको थियो। पछि फिल्मको फहद फासिलको लुक पोस्टर पनि रिलिज भयो । फ्यानहरू अहिले रश्मिका मन्डन्नाको लुक पोस्टरको प्रतिक्षामा छन् ।