अध्यक्ष ओलीले देउवा र माधवसँग किन हात मिलाएनन ?

अध्यक्ष ओलीले देउवा र माधवसँग किन हात मिलाएनन ?


ग्लोब नेपाल
3.8k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन अन्य नेताहरुभन्दा ढिलो चितवनको भरतपुर पुगे । ओली भरतपुर पुग्दा कार्यक्रम सुरु भइसकेका थियो ।

नारायणी नदी किनारमा आयोजना गरिएको कार्यक्रममा ओली सरासर मञ्चमा गए । ओलीले मञ्चमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुरुमै हात मिलाए । तर, सँगै रहेका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माधवकुमार नेपालसँग ओलीले हात मिलाउन त परै जाओस्, नजरै उनीहरुतिर फर्काएनन् नदेखेझै गरे ।

बरु ओलीले मञ्चको अर्को छेउमा रहेका एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालसँग भने लम्किएर हात मिलाएका थिए । चितवनमा देखिएको यो दृश्यले अहिले राजनीतिमा चलेको चर्चालाई थप पुष्टि गरेको बुझाइ राजनीतिकवृत्तमा छ ।