निष्पक्ष भएर कुर्सीको गरिमा बचाएँ : अध्यक्ष तिमल्सिना

निष्पक्ष भएर कुर्सीको गरिमा बचाएँ : अध्यक्ष तिमल्सिना



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । भोलिदेखि कार्यकाल सकिँएर बिदा हुन लागेका अध्यक्ष तिमल्सिनाले आफ्नो अध्यक्षतामा आजको बैठक नै अन्तिम भएको सभामा सुनाए ।

उनले भने, ‘मलाई यो जिम्मेवारीमा रहँदा एउटा चुनौती थियो । राजनीतिक पार्टीको एउटा खरो कार्यकर्ता निर्वाचित भएर यो ठाउँमा आउँदा यो कुर्सीको गरिमा निष्पक्ष अझ तटस्थ भएर निर्वाहन गर्न सक्छु कि सक्दिनँ कतै सकिनँ भने पदीय गरिमामा आँच आउनेछ । व्यक्ति केही पनि होइन तर त्यो पदीय गरिमा बचाउनु सबैभन्दा महत्वपूर्ण हो भन्ने मलाई चुनौती थियो । सभाको अध्यक्षता गर्ने त मेरो यो अन्तिम नै हो ।’

उनले आजसम्म निष्पक्ष ढंगले सञ्चालन गर्ने वातावरण बनेको उल्लेख गर्दै आफू सफल भएको दाबी गरे । उनले भने, ‘एकदमै प्रतिकुल अवस्थामा पनि तपाईंहरुले साथ दिनुभयो । र म सफल भएँ ।’

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित भोलि २० सांसद बिदा हुँदैछन् । अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ ।