प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै


ग्लोब नेपाल
162
Shares

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै छन् । आज दिउँसो २ बजे बस्ने तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री दाहालले सम्वोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रधानमन्त्रीको उपस्थितिलाई मध्यनजर गरी प्रदेश सभा भवन परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत स्थानीय विद्यालय परिसरमा ओर्लिएर त्यहाँबाट सिधैं प्रदेश सभामा पुगेर प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम छ । त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत मन्त्रीहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।