काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो ओभरमै दुई सफलता मिलेको छ ।
करण केसीले नेपाललाई पहिलो ओभरमै दुई सफलता दिलाएका हुन् । पहिलो ओभरको चौथो र अन्तिम बलमा करणले विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए। छैटौँ बलमा एंगलब्रेक्टलाई आशिफ शेखबाट क्याच आउट गराए। उनले ३ ओभरको स्पेलमा १८ रन खर्चेका छन् ।
प्रतिक्रिया