आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं बार्षिक साधारण सभा सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा फाल्गुण २०, २०८० मा लैनचौर, काठमाडौंमा सम्पन्न भयो ।

साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

२०८० बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफल भएको र उक्त कार्यमा सहयोग गर्नुे कम्पनीका सम्पूर्ण शेयरधनी, नियामकीय निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस क्लियरिड, स्वदेशी तथा विदेशी पूनर्बीमा कम्पनीहरु, पुनर्बीमा ब्रोकरहरु लेखापरीक्षकहरु लगायत पत्रकार जगतलाई अध्यक्ष ढकालले धन्यवाद दिए ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हेम राज ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको २६औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्बिरोध निर्वाचित हुनु भएका छन् ।

अध्यक्ष ढकालले कम्पनीको २६औं बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिुने सबै आदरणीय शेयरधनीहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, नेपाल बीमा प्राधिकरण लगायत नियमक निकायहरुप्रति धन्यवाद व्यक्त गरे ।