कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बूढानीलकण्ठमा

कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बूढानीलकण्ठमा



काठमाडौं । सत्ता गठबन्धनमा खटपट देखिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छलफलका लागि आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका छन् ।

स्रोतका अनुसार अहिले कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा पुगेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका देउवाले साँझ पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई आफ्नै निवासमा डाकेर छलफल गरेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीसँगको भेटपछि देउवा आफ्नो पार्टीका मन्त्रीहरू फेर्न तयार भएको चर्चा सुरु भएको थियो । संसद्‌मा प्रमुख प्रतिपक्ष सहितका दलहरूले विवादमा तानिएका मन्त्रीहरू हटाउन माग गर्दै उठाएका प्रश्नमा प्रधानमन्त्री प्रचण्डलाई सोमबारको संसद्‌ बैठकमा जवाफ दिन भनेका छन् ।

सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन् । पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाश शरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका हुन् ।