वर्तमान गठबन्धनसँग अन्तिम बैठक गर्दै प्रधानमन्त्री दाहाल, कांग्रेस मन्त्रीको सामूहिक राजीनामा आजै आउने

वर्तमान गठबन्धनसँग अन्तिम बैठक गर्दै प्रधानमन्त्री दाहाल, कांग्रेस मन्त्रीको सामूहिक राजीनामा आजै आउने

मध्यरातमा एमाले अध्यक्ष ओली बालुवाटारमा


ग्लोब नेपाल
5.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार राति पनि बालुवाटारमा भेटिए । पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटारमा भेटिएका हुन् । सोमबार बिहान वर्तमान गठबन्धनका शीर्ष नेताहरुसँगको बैठकको तयारीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीलाई आइतबार राति नै बालुवाटारमा बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालले आज सोमबार बिहान गठबन्धन दलको बैठक बोलाएर छलफल गरिरहेका छन् । सम्भवतः अहिलेकाे गठबन्धनसँग उनको यो अन्तिम बैठक हुने बताइएको छ ।

बैठकमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल गर्ने भनिएको छ । तर, गठबन्धनका शीर्ष नेताहरूको बैठकमा दाहालले मन्त्रीहरूको सेट नै परिवर्तन वा गठबन्धन नै परिवर्तनको प्रस्ताव राख्ने छन् । यदि प्रधानमन्त्री दाहालले यो प्रस्ताव राखे भने कांग्रेस मन्त्रीहरुले आजै नै सामूहिक राजीनामा प्रधानमन्त्री दाहाललाई बुझाउने बताइएको छ ।