चार हजार कैदी राखिएको हाइटीको एउटा जेल तोडेर अधिकांश बन्धक भागे

चार हजार कैदी राखिएको हाइटीको एउटा जेल तोडेर अधिकांश बन्धक भागे


ग्लोब नेपाल
108
Shares

हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सको मुख्य कारागारमा हतियारधारी गिरोहले आक्रमण गरी हजारौं कैदी भगाएका छन् । कारागारमा रहेका करिब ४ हजार पुरुष कैदीमध्ये धेरैजसो भागेको एक स्थानीय पत्रकारले बीबीसी न्यूजलाई बताएका छन् ।

भगाइएका अधिकांश कैदीहरु सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्या आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरू हुन । कारागार रक्षक प्रहरी र गिरोहबीचको झडपमा परी ४ प्रहरीको मृत्यु भएको छ ।

दोहोरो हानाहानमा परी थप पाँच प्रहरी घाइते भएका छन् । आर्थिक रुपले पनि पछि रहेको हाइटीमा हालैका वर्षहरूमा हिंसाभने निकै बढेको छ । प्रधानमन्त्री एरियल हेनरीलाई हटाउने लक्ष्य सहित हिंसा बढाइरहेका गिरोहले राजधानी पोर्ट-ओ-प्रिन्सको झण्डै ८० प्रतिशत हिस्सामा दबदबा कायम राखेका छन् ।

केन्याको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा पठाउने विषयमा छलफल गर्न प्रधानमन्त्री एरियल नैरोबी गएको मौका छोपी हिंसात्मक गतिविधि बढाएको बीबीसीले जनाएको छ । गिरोहका नेता जिमी चेरिजियरले प्रधानमन्त्रीलाई हटाउन योजनावदध् आक्रमण सुरु गरिएको घोषणा गरेका छन् ।