कांग्रेस-माओवादी गठबन्धन भत्कियो

कांग्रेस-माओवादी गठबन्धन भत्कियो

एमालेसहितको नयाँ मन्त्रिपरिषद् गठनको तयारी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ । संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो । एमाले सचिवालय बैठकपछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बिहान मात्रै बालकोटमा नेकपा एमालेको सचिवालय बैठक बसेको थियो । नयाँ राजनीतिक घटनक्रम विकसित भएसँगै बिहानैदेखि राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको सचिवालय बैठक पनि बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।

आजै बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालले पनि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

यसैबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । सत्ता समीकरण बदलिने भएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।