आज गठन हुने सानो मन्त्रिमण्डलमा को–को ?

आज गठन हुने सानो मन्त्रिमण्डलमा को–को ?


ग्लोब नेपाल
189
Shares

काठमाडौँ ।वर्तमान सत्ता गठबन्धन भत्किने निश्चित भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी गराएका छन ।

एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् एमाले सचिवालयका ति सदस्यले जानकारी दिए ।

एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउने पक्का छ । त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ ।

आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरू जानकारी दिएका छन । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ ।