टीआरसीमा सहमति जुटाउन बस्ने भनिएको बैठक स्थगित

टीआरसीमा सहमति जुटाउन बस्ने भनिएको बैठक स्थगित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै आज बिहानका लागि बोलाइएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।

समितिका सदस्यहरुलाई बैठक बस्दै नबसी स्थगित भएको जानकारी संसद सचिवालयले गराएको हो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन बिहान पौने ८ बजे समितिको बैठक बोलाइएको थियो ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो ।