नयाँ गठबन्धनप्रति नागरिक उन्मुक्ति सकारात्मक

नयाँ गठबन्धनप्रति नागरिक उन्मुक्ति सकारात्मक



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ । नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा चौधरीले भने, ‘त्यो बैठकले निर्णय गर्छ । सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं ।’

संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने निर्णय लिने पार्टीका अध्यक्ष रेशम चौधरीले जानकारी गराए ।

‘अबको गठबन्धनमा सहभागी हुँदा पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन हुने विश्वास छ’, चौधरीले भने ।

नागरिक उन्मुक्तिकाे संघमा ४ र प्रदेश १२ जना सांसद छन् ।