राष्ट्रपति भेट्न शितल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति भेट्न शितल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास जाने भएका छन् ।

नयाँ समीकरणबाट संघीय सरकार बनाउने समझदारी बनेपछिको परिस्थितिलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री राष्ट्रपति निवास जान लागेको स्रोतको भनाइ छ ।

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन् । माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ ।

प्रधानमन्त्री दाहाल नयाँ गठबन्धनका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि शितल निवास जान लागेका हुन् ।