मन्त्रालय बाँडफाँटलगायतका विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

मन्त्रालय बाँडफाँटलगायतका विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन



काठमाडौं । नयाँ सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।

माओवादी सचिव दिनानाथ शर्माकाअनुसार गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछ । त्यस्तै मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ ।

नयाँ गठबन्धन बनेपछि पहिलो चरणमा आज तीन विनाविभागीय मन्त्रीको शपथको तयारी छ ।

याँ गठबन्धन भित्रका एमाले र रास्वपाले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन् । माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको छ ।

एमाले र रास्वपाले गृहमा दाबी गरेपछि प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेका छन् ।