एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो । 

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो ।